Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा भ्याटमा दर्ता भयो फेसबुक

बंगलादेशमा भ्याटमा दर्ता भयो फेसबुक


ढाका ।
सामाजिक सञ्जाल कम्पनी फेसबुक बंगलादेशको करको दायरामा आउने क्रममा भ्याटमा दर्ता भएको छ । बंगलादेशी मिडियाका अनुसार फेसबुक नेशनल बोर्ड अफ रेभेन्यु –एनबीआर)बाट मूल्यअभिवृद्धि करमा दर्ता भएको बताइएको छ । योसँगै फेसबुक टेक्नोलोजिज आयरल्यान्ड लिमिटेड, फेसबुक आयरल्यान्ड लिमिटेड र फेसबुक पेमेन्ट इन्टरनेशनल लिमिटेडले व्यवसाय पहिचान नम्बर (बीआईएन) पापएको छ ।

गुगल र इकमर्स कम्पनी अमेजन दर्ता भएको दुई हप्तापछि फेसबुकले पनि बीआईएन पाएको डेली स्टार अनलाइनले जनाएको छ । सन् २०१९ को जुलाईमा एनबीआरले प्रविधि कम्पनीलाई बंगलादेशमै कार्यालय स्थापना गर्न या करको दायरामा आउन भनेको थियो । यसो भए बंगलादेशले यी कम्पनीले विज्ञापनबाट आर्जन गर्ने सम्पत्तिमा कर लगाउन पाउने भएकाले विश्वविख्यात कम्पनीहरुलाई उक्त निर्देशन दिएको थियो । तर कम्पनीहरुले अटेर गर्दै आएका थिए ।

गत वर्ष एनबीआरले यी कम्पनीलाई सिधै मूल्यअभिवृद्धि करमा दर्ता हुनसक्ने बताएको थियो । योसँगै कम्पनीहरुलाई बंगलादेशी कर कार्यालयमा दर्ता हुने बाटो खुलेको थियो । दर्ता भएसँगै फेसबुकको बंगलादेशी एजेन्ट हटपुल बंगलादेश लिमिटेडले गत वर्ष जुलाईयता भ्याट तिरिरहेको बताइएको छ । हटपुल बंगलादेशबाट यो वर्षको अप्रिलसम्म एनबीआरले झण्डै साढे नौ करोड टाका असुली गरेको छ । यसबाहेक धेरै कम्पनीहरुले बैंकिङ माध्यममार्फत विज्ञापनको पैसा तिर्ने गरेका छन् । त्यो पैसामा बैंकहरुले कर कट्टी गर्ने भएकाले पनि राजस्व संकलन भइरहेको बताइएको छ ।

विश्वमा प्रयोगकर्ताका हिसाबले फेसबुक जनसंख्या दशौँ ठूलो रहेको छ । यहाँ चार करोड १० लाख फेसबुक प्रयोगकर्ता रहेका छन् । बंगलादेशमा फेसबुकसँग सम्बन्धित तीन लाखभन्दा धेरै स्टोरहरु सञ्चालनमा छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया