Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाइक्रोसफ्ट पनि बंगलादेशमा भ्याटमा दर्ता

माइक्रोसफ्ट पनि बंगलादेशमा भ्याटमा दर्ता


ढाका ।
संसारमा धेरै प्रयोग गरिएको अपरेटिङ प्रणाली विन्डोज ल्याउने कम्पनी माइक्रोसफ्ट पनि बंगलादेशको मूल्यअभिवृद्धि करमा दर्ता भएको छ । कम्पनीले बंगलादेशकोा राष्ट्रिय राजस्व बोर्डबाट भ्याटमा दर्ता पाएको हो ।

योसँगै माइक्रोसफ्ट पनि अब बोर्डको अनुगमनभित्र अटाएको छ । यसरी भ्याटमा दर्ता हुने बहुराष्ट्रिय कम्पनीमा माइक्रोसफ्ट चौथो हो । यसअघि नै गुगल, फेसबुक र अमेजन भ्याटमा दर्ता भइसकेका छन् । त्यहाँ माइक्रोसफ्ट रेजिनल सेल्स प्रालिका नाममा कम्पनी दर्ता भएको छ । अब बोर्डले यी कम्पनीको अडिटिङलगायतका काम गर्नेछ भने कर रकम पनि पाउनेछ । यसअघि पनि यी कम्पनीलाई ग्राहकले भुक्तानी गर्ने पैसाको कर रकम बैंकिङ माध्यमबाट काटिने गरेको थियो ।

बहुराष्ट्रिय कम्पनी भ्याटमा दर्ता भएसँगै बंगलादेशबाट यी कम्पनीले गर्ने आम्दानीको आकार खुल्नेछ भने त्यसबापतको राजस्व पनि संकलन हुनेछ । बंगलादेशमा पोडर एन्ड एसोसिएटले भ्याट एजेन्टको रुपमा काम गर्नेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया