Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ कम्पनीले बंगलादेशमा चार करोड डलर लगानी गर्ने

चिनियाँ कम्पनीले बंगलादेशमा चार करोड डलर लगानी गर्ने


ढाका । चिनियाँ कम्पनी भानिसा इन्टरप्राइजेज लिमिटेडले बंगलादेशमा चार करोड १७ लाख ७० हजार अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनी र बंगलादेश एक्सपोर्ट प्रोसेसिङ जोन्स अथोरिटी (बेप्जा)बीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको डेलिस्टार अनलाइनले जनाएको छ ।

योसँगै कमपनीले पाब्नास्थित ईश्वरदी ईपीजेटमा महिलाको भित्री वस्त्रलगायतका कपडा उत्पादन गर्नेछ । सम्झौताअनुसार यसले २९ करोड ९५ हजार वटा ब्राकप र पोलियुरेथन फोम वार्षिक रुपमा उत्पादन गर्नेछ । उक्त कारखानामा चार हजार २८ बंगलादेशीले रोजगारी समेत पाउने बताइएको छ । बेप्जाको तर्फबाट नाफिसा बानु र भानिसाको तर्फबाट प्रबन्धनिर्देशक चोई कुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया