Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलाहोर विश्वकै प्रदूषित सहर

लाहोर विश्वकै प्रदूषित सहर


पाकिस्तान । अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्यांकअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ । पाकिस्तानको सहरमा वायुको गुणस्तर छ सयभन्दा बढी रेकर्ड गरिएको थियो । त्यसैगरी उक्त सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ ।

गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धूवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया