चीनद्वारा उडान स्थगित गर्ने अमेरिकी कदमको आलोचना
बेइजिङ । पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । योसँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ ।
वासिङटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक रहेको बताए ।
‘हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौँ’, पेंग्युले भने । बाइडेन प्रशासनले कोभिड–१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो ।
चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि सुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्ने स्पुतनिकले जनाएको छ । चीनले भर्खरै कोभिड–१९ संक्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया