ब्रिक्स देशहरूले महामारीको प्रारम्भिक चेतावनी प्रणालीको विकास गर्ने
बेइजिङ । ब्रिक्सका स्वास्थ्यमन्त्रीहरूको १२औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ । ब्रिक्सभित्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । चीनले आयोजना गरेको उक्त बैठकमा ब्रिक्स देशका स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशकसहित ७० जनाभन्दा बढी सहभागी थिए ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार भेटमा प्रतिनिधिहरूले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण, नयाँ स्वास्थ्य प्रणालीको निर्माण र डिजिटल स्वास्थ्य जस्ता विभिन्न विषयमा गहिरो छलफल गरेका थिए । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख मा सियाओवेईले गतिशील शून्य–कोभिड दृष्टिकोण सहित चीनको प्रति–महामारी नीतिहरू प्रस्तुत गरेका थिए । महामारी रोकथाम र आर्थिक विकास बीच सन्तुलन कायम गर्ने चीनको प्रयासको बारेमा समेत छलफल गरेका थिए । उक्त बैठकले संयुक्त घोषणापत्र पारित गरेको छ ।
चीनले यस वर्षको जुनमा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बहुपक्षीय फोरम हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया