‘महँगीसँग जुध्न खरो उत्रिनु आवश्यक छ’ अमेरिका ।
अमेरिका । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका प्रमुख जेरेमी पवेलले महंगीविरुद्ध खरो उत्रिनु आवश्यक रहेको बताएका छन् । क्याटो इन्स्टिच्युटको ४०औँ वार्षिक मौद्रिक सम्मेलनमा बोल्दै उनले मूल्य स्थिरताका लागि फेडले दायित्व वहन गर्ने बताएका हुन् ।
‘हामीले बलियोसँग अहिले कदम चाल्न आवश्यक छ’, उनले भने । महंगीसँग जुध्न बलियो नीतिलाई अंगीकार गर्ने उनको भनाइ थियो । उपभोक्ता र व्यावसायिक क्षेत्रलाई केही आश्वस्त गर्ने क्रममा उनले मूल्यवृद्धि नियन्त्रण गरिने प्रतिबद्धता जनाए । महंगी बढ्दै गर्दा तिर्ने, कमाउने र लगानी गर्ने बानीमा नै परिवर्तन ल्याउने देखिएको छ । त्यसो भए फेरि पहिलेकै अवस्थामा फर्किन कठिन हुनसक्नेछ । आगामी दिनमा फेडले ७५ आधार विन्दुका आधारमा ब्याजदर बढाउनसक्ने देखिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया