Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता


काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

यस सम्झौतामार्फत बैंकको भिषाकार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालि मा बैंकको भिषाकार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरूमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा, १५ एक्स्टेन्सन काउन्टर र एक सय ३७ वटा एटीएम सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया