Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक

प्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक


तेहरान । इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन् ।

देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी सहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकारविरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेका केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ । देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न उनीहरूले प्रसारणमा अवरोध गरेका हुन् ।

शिर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएपछि देशभर सुरू भएको विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन् । त्यस क्रममा धेरैको मृत्यु भएको छ ।

सरकार, विपक्षी समूह, अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन् । नर्वेमा रहेको इरान–केन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन सुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया