Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतारले चीनमा २७ वर्षका लागि ग्यास आपूर्ति गर्ने

कतारले चीनमा २७ वर्षका लागि ग्यास आपूर्ति गर्ने


दोहा । कतारले चीनसँग २७ वर्षका लागि ग्यास आपूर्ति गर्ने सम्झौता गरेको छ । कतारइनर्जीका प्रमुख साद अल काबीले सोमबार सम्झौताबारे जानकारी गराएका हुन् ।

उनका अनुसार कतारइनर्जी र चीनको सिनोपेकबीच २७ वर्ष लामो ग्यास आपूर्ति सम्झौता भएको हो । ‘आज नर्थ फिल्ड इस्ट प्रोजेक्टका लागि पहिलोपटक बिक्री र किन्ने प्रयोजनका लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो । यो चीनको सिनोपेकलाई २७ वर्षका लागि ४० लाख टनको आपूर्ति सम्झौता हो’, काबीले दोहामा रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा भनेका छन् ।

यो सम्झौता किन्ने र बेच्ने दुवैका लागि महत्वपूर्ण रहेको छ भने यसले लामो समयका लागि सम्झौता गर्नुपर्ने देखाएको उनको भनाइ छ । द नर्थ फिल्ड विश्वकै ठूलो ग्यास भण्डार रहेको क्षेत्र हो जुन कतार र इरानको भूभागमा पर्छ । कतार इनर्जीले यही वर्षको सुरुतिर नर्थ फिल्ड इस्टका लागि सम्झौताहरु गरेको थियो । दुई फेजको नर्थ फिल्ड विस्तार योजनाको यो पहिलो र ठूलो हो । यसमा छ एलएनजी ट्रेनले सात करोड ७० लाख रहेको कतारको तरलीकृत क्षमता बढाएर सन् २०२७ सम्ममा १२ करोड ६० लाख टन प्रतिवर्ष पु-याउनेछ । त्यस्तै दोस्रो फेज विस्तारका लागि पनि कतारले सम्झौता गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया