बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्यांक’ उपलब्ध गराउने
लण्डन । बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्यांक’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्यांक’ पठाइसकेको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार टेलिफोन गरी लण्डनले युक्रेनमा थप १२ वटा ‘च्यालेन्जर–२ ट्यांक’ पठाउने बताएका हुन् । ‘युक्रेनमा ‘च्यालेन्जर–२ ट्यांक’ पठाउनु भनेको बेलायतको सहयोगमा वृद्धिको सुरुवात हो’, प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमार्फत् भनेको जेलेन्स्कीको सचिवालयले बताएको छ ।
आगामी हप्तासम्ममा स्थल सेनाले प्रयोग गर्ने १४ वटा ट्यांक युक्रेन पुग्नेछन् । बेलायतले करिब ३० वटा ठूला र स्वचालित बन्दूक (एएस–९०)पनि सहयोग गरेको छ । उक्त एक बन्दूकले सामान्य एक बन्दुक चलाउने करिब पाँच जनालाई प्रतिरक्षात्मक आक्रमण गर्न सक्ने बेलायत सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कीभलाई बेलायतले गरेको सहयोगबारे थप विवरण सोमबार सार्वजनिक गरिने बताइएको छ ।
गत डिसेम्बरमा रूसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले बताए अनुसार सन् २०२२ को फेब्रुअरीमा द्वन्द्व सुरु भएयता पश्चिमी मुलुकहरूले युक्रेनलाई तीन सय ५० भन्दा बढी ट्यांक, सात सय ठूला हतियार र सयभन्दा बढी धेरै रकेट हान्नसक्ने क्षेप्यास्त्र उपलब्ध गराएको उनले बताएका थिए । गेरासिमोभका अनुसार युक्रेनलाई कुल सय अर्ब अमेरिकी डलर बराबरको वैदेशिक आर्थिक सहयोग प्राप्त भएको छ । मस्कोले कीभलाई सैन्य सहायताको निरन्तर विरोध गर्दै आएको छ । रासस/एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया