Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनब्ल्याक हर्सको लघुचलचित्र ‘पाउलो’

ब्ल्याक हर्सको लघुचलचित्र ‘पाउलो’


काठमाडौं । ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा ऐना आर्ट्सले लघुचलचित्र ‘पाउलो’ निर्माण गरेको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायाङ्कन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो ।

लघुचलचित्र ‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान् वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरू समाजमा पाइन्छ । यस्तै, मानिसको कथालाई विम्बको रूपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई होइन, जुत्ताले कथाका पात्रलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउँछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया