सोलुखुम्बुमा १३ जनाले भूकम्पको अनुदान रकम फिर्ता गरे
सोलुखुम्बु, पुस १८
२०७२ सालमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका भवन निर्माण गर्ने भन्दै लिइएको अनुदान रकम सोलुखुम्बुमा १३ जनाले फिर्ता गरेका छन् । पहिलो किस्ताको अनुदान रकम ५० हजार लिएर घर निर्माण गर्न नसकेका १३ जना लाभग्राहीले अनुदान रकम नै फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्यन इकाइ सोलुखुम्बुले जनाएको छ ।
अनुदान रकम फिर्ता गर्नेहरूमा जिल्लाको लिखुपिके गाउँपालिका ९ गोलीका जाङ्बु शेर्पा, सोलुदुधकुण्ड नगरपालिका ११ का बलबहादुर कार्की, सोलुदुधकुण्ड नगरपालिका ६ का छिरिङ शेर्पा रहेका छन् । त्यसैगरी सोलुदुधकुण्ड नगरपालिका ५ का निमा तामाङ, पुटि शेर्पा, पासाङ लामा, फुर्वा शेर्पा, यति तामाङ, कान्छी शेर्पा, छिरिङ शेर्पा, डोमा शेर्पा निमाछिरी शेर्पा र जसधन राई रहेको प्राधिकरणले जनाएको छ ।
घर निर्माण गर्ने भनेर लिएको पैसाले घर निर्माण नभएको तथा बसाइ नै जिल्लाभन्दा बाहिर रहेकाहरूले रकम फिर्ता लिएको आयोजनाले जनाएको छ । आयोजनाले रकम लिएर घर नबनाउनेलाई रकम फिर्ता गर्न सूचना जारी गरेको छ । सोलुखुम्बुमा भूकम्पबाट १२ हजार ९० जना लाभग्राही रहेको भए पनि पहिलो किस्ताको सम्झौता गर्न ११ हजार पाँच सय ७२ जना आएको प्राधिकरणका निमित्त प्रमुख बुद्धिनारायण श्रेष्ठले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया