Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीको विशिष्ट श्रेणीको नतिजा

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीको विशिष्ट श्रेणीको नतिजा


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ । नवौँ ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् ।

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजूकेसन नवौँ ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी तीन जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् । यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द (केएन) शर्माले जानकारी दिए ।

कोभिड पेन्डामिकको बेलाका चुनौतीका बाबजुद पनि विद्यार्थीहरुले राम्रो मिहिनेत गरेको उनले बताए । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा विगत लामो समयदेखि बीएससी नर्सिङ, बीएन नर्सिङ र पीसीएल नर्सिङका कोर्सहरु सञ्चालन हुँदै आएका छन् । बीएससी नर्सिङ र बीएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङचाहिँँ सीटीईभीटीबाट मान्यताप्राप्त कोर्स हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया