काठमाडौ । आर्थिक दैनिकका संवाददाता हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार सॅाझ कार्यालयबाट कुपण्डोलस्थित कोठामा फर्किएरका रिजाल खाना खाएर सुतेकै अवस्थामा राति नै ह्रदयघात भएको पारिवारले जनाएको छ ।
हृदयघात भएपछि रिजाललाई शुक्रवार बिहान २ बजेर ५ मिनेटमा नर्भिक अस्पताल पु-याइएको र अस्पतालले ३ बजेर १२ मिनेटमा मृत घोषणा गरेको थियो ।
४३ वर्षीय रिजाल धादिङ्गको निलकण्ठ नगरपालिका-६ सुनौलाबजारका स्थायी बासिन्दा हुन् । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका साधारण सदस्य समेत रहेका रिजालको शुक्रबार बिहान काठमाडौको पशुपतिमा दाहसंस्कार गरिएको छ ।
यस आर्थिक दैनिक प्रा.लि.का अध्यक्ष प्रल्हाद रिजालको साईलो भाइ समेत रहेका स्व. रिजालको एक श्रीमती र एक छोरी छन् ।
रिजालको निधनले आर्थिक दैनिकले एक ऊर्जाशिल, क्षमतावान तथा लगनशिल कर्मचारी गुमाएको छ । आर्थिक दैनिक यस दुखद घडिमा स्व. रिजालको मृतात्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया