कर्णालीमा लागुऔषधविरुद्ध लालटिन अभियान सुरु
काठमाडौं । कर्णाली प्रदेशमा लागुऔषधविरुद्ध लालटिन अभियानको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालटिन अभियानको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका हुन् ।
सो अवसरमा उनले सिङ्गो समाज लागुऔषधविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिदैँ लागूऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्याइरहेको बताए । उनले सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागू औषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता भएको भन्दै घर, समाज र राष्ट्रलाई लागुऔषधमुक्त बनाउन सबैले संकल्प गर्नुपर्ने आवश्यक भएको बताए ।
खड्काले सीमा नाकामा हुने लागुऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक सङ्घ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘सीमाबाट हुने लागू औषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ । यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।’ लागुऔषधको दुव्र्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित भएको तथ्याङ्कले देखाएको बताउँदै उनले उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया