Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन


झापा । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको आज निधन भएको छ । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंका अनुसार केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपराह्न ४:३० बजे निधन भएको हो ।

सो अस्पतालले दाहालको सबै उपचार नि:शुल्क गरिदिएको थियो । कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित उनी भूमिगतकालमा पार्टीको जिल्ला सभापति थिए । उनी प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल परेका थिए ।

पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन् । उनले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पुर्याउँदै आएका थिए । राससले जनाएनुसार स्व.दाहालको पार्थिव शरीरलाई भोलि दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने छ ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया