Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल अस्पतालका करार कर्मचारीद्वारा आन्दोलन

सिभिल अस्पतालका करार कर्मचारीद्वारा आन्दोलन


काठमाडौं । मिनभवनस्थित सिभिल सर्भिस अस्पतालको प्रशासनिक भवनमा करार कर्मचारी हित संघर्ष समितिको आयोजनामा सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नती गर्ने निर्णयविरुद्ध पाँच बुँदे मागसहित उनीहरुले आज(बिहीबार) दिउँसो आन्दोलन गरेका हुन् ।

निजामती कर्मचारी संघर्ष समितिका संयोजक जानुका रिजालको नेतृत्वमा पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्डसहित करिब ३० जनाको समुहले धर्ना कार्यक्रम गरेको छ । निजामती कर्मचारी अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीहरुको हकहित सुनिश्चित गर्नको लागि संशोधन गरियोस र विनियमावली निर्माण गर्दा निजामति कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई अनिवार्य सहभागी गरियोस भन्दै उनीहरु आन्दोलित भएका छन् ।

विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूलाई पुर्वःवत सेवा र सुविधाको निरन्तरता कायम गरियोस् र स्थायी प्रक्रियामा जाने व्यवस्था गरियोस्, कर्मचारीहरुको वृत्ति विकासमा न्यायपूर्ण समानता र पेशागत सुरक्षा कायम गरियोस्, पदावनती स्वीकार्य छैन्, सामाजिक सुरक्षाकोष कायम गरियोस् लगायतका माग राख्दै उनीहरुले धर्ना कार्यक्रम गरेका छन् ।

उक्त धर्ना कार्यक्रममा उनीहरुले कर्मचारीलाई उपदानको व्यवस्था गर, सम्मानजनक सेवाको निरन्तरता चाहियो, पदावनति स्वीकार्य छैन, कार्य सेवा मुल्यांकन गर, उर्जाशिल समय अस्पताललाई समर्पण भो १२ वर्षमा एउटै परीक्षा सबथोक हो ?, यो अस्पताल यहाँसम्म कस्ले पुर्यायो?, १२ वर्षदेखिको सेवाको कार्य मूल्यांकन खोइ?, आदि लेखिएको नारासहितको प्ले कार्ड बोकेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया