Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहेटौडामा आज देखि सडक खाना महोत्सब सुरु

हेटौडामा आज देखि सडक खाना महोत्सब सुरु


हेटौडा,मकवानपुर होटेल एसोसिएसनको आयोजनामा आज शुक्रबार देखि तिन दिने सडक खाना महोत्सब हुने भएको छ। हेटौडा उपमहानगर ४ अवस्थित हुप्राचौरको पुर्बी सडक खण्डमा दिनको १ः३० बजेबाट सुरु हुने कार्यक्रम आइतबारसम्म हुनेछ।

बिगतमा पनि यसरी नै सडक खाना महोत्सब हुदै आएता पनि कोभिडको कारण र त्यस पछि पनि हुन सकेको थिएन। सडकमा जाऊ ,सडकमै खाऊ र सडकमै रमाऊ भन्ने मूल नाराको साथ सुरु हुन् लागेको खाना महोत्सबमा स्थानीय उत्पादनबाट बनेका परिकारलाइ प्रबर्धन गरिने बागमती प्रदेश होटेल एसोसिएसनका उपाध्यक्ष निप्पु सर्राफले बताए ।

स्थानीय उत्पादनबाट बनेका परिकार स्थानीयलाइ सर्वसुलभ रुपमा खुवाउने उदेश्य रहेको कारण टु ,थ्री स्टार स्तरका होटेलमा पाउने स्वादिस्ट खानेकुराको स्वाद सडकमै बसेर लिन सकिने उनले बताए। महोत्सबमा करिब ४० स्टल रहने र बिभिन्न जनजातीहरुका बिशेष परिकार लगायत बिभिन्न स्वादमा केराको परिकार पनि लिन सकिने भएकोले खाना पारखी र नृत्य प्रेमीलाई पनि आयोजकको तर्फबाट उपस्थितिको लागि आब्हान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया