Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज लामिछानेको सजाय तोकिँदै

आज लामिछानेको सजाय तोकिँदै


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय बुधबार तोक्ने भएको छ । यसअघि उनलाई जबरजस्ती करणीमा पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया