Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहानगरले पार्किङ हटाएपछि न्युरोडका व्यवसायीद्वारा विरोधमा सटर बन्द

महानगरले पार्किङ हटाएपछि न्युरोडका व्यवसायीद्वारा विरोधमा सटर बन्द


काठमाडौँ । मंगलबारबाट न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि त्याहाँका व्यवसायीहरु आक्रोशित बनेका छन् । अवैज्ञानिक ढंगले महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पारेको व्यवयासीहरुले गुनासो गरेका छन् ।

पार्किङ गर्न नदिने निर्णयले व्यावसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गर्ने घोषणा गरेका छन् । कतिपय व्यवयासीहरुले सटर–पसल बन्द गरेर सडकमा आउन सुरु गरिरहेका छन् । पुरानो बसपार्कमा न्युरोडको पार्किङ कायम गर्ने निर्णयले व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ ।

महानगरपालिकाले मंगलबारदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको छ । महानगरपालिकाले नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई मंगलबारबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराउने गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले नयाँ सडक जानु पर्ने सवारी धनीलाई साविक पुरानो बसपार्कमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

महानगरपालिकाले मंगलबार बिहानैदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न कडाइ गरेसँगै वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया