Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन


सप्तरी । सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको आज उद्घाटन गरिएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमबीच जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।

२०७४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो । राससले जनाएनुसार भवनभित्र चार कक्षा कोठा, ल्याब तीन, पुस्तकालय, क्याबिन, एडमिन हेड, रिसेप्सन, प्रतीक्षा कक्ष र शिक्षक कोठा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया