Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनकोशीमा नुहाउने क्रममा बेपत्ता बालबालिकाको खोजी कार्य जारी

सुनकोशीमा नुहाउने क्रममा बेपत्ता बालबालिकाको खोजी कार्य जारी


गाईघाट । आइतबार होली खेलेर कोशीमा नुहाउने क्रममा उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराएका तीन बालबालिका अझै फेला परेका छैनन् । पानीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको साउनेस्थित चौकीबाट ६ जनाको टोली खटिएको जनाएको छ ।

स्थानीय साउने माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय लोकबहादुर मगर, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रेखा मगर र कक्षा ४ मा अध्ययनरत ९ वर्षीय रिदम मगरको खोजी गर्न गोताखोरको टोली परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले बिहान ११ बजेदेखि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थानदेखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गरिरहेको बताए । गोताखेर टोलीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेले बेपत्ता बालबालिकाहरूको निरन्तर खोजी कार्य भइरहेको तर अहिलेसम्म उनीहरूलाई फेला पार्न नसकिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया