Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाही सहित ३२ जना बिरुद्ध मुद्दा दायर

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाही सहित ३२ जना बिरुद्ध मुद्दा दायर


काठमाडौं,पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । वाइडबडीमा १ अर्ब ४७ करोडको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता समेत रहेका छन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया