Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल


कर्णाली । कर्णाली प्रदेशसभा संसदीय दलका नेपाल कम्युनिष्ट पार्टी एमाले) नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् ।

बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उनले दाबी पेसका लागि आह्वान गरे ।

एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले प्रदेश प्रमुखको आह्वानअनुसार बिहीबार नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने जानकारी दिए ।

मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दाबी पेस गरिसक्नुपर्ने गरी कर्णाली प्रदेश प्रमुख परियारले समयसीमा तोकेका छन् । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोोका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया