Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


चौतारा (सिन्धुपाल्चोक) । तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख दयानन्द केसीले चालु आवमा पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको जानकारी दिए ।

प्रमुख केसीले नाका सञ्चालन भएपछि व्यापार बढेको बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया