Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच भेटवार्ता सम्पन्न


काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको जानकारी दिए ।

द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत मन्त्रीहरुको उपस्थिति थियो । भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा कतारका अमिर अल थानी दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया