बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी सेयर कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन
काठमार्डाैं,असार ५
नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डका अनुसार धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यन्त्रीकरण हुन नसकेको अवस्थामा यो प्रणालीमा सुधार गर्न आवश्यक देखिएको हुँदा बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आबद्ध गरी हाललाई डिम्याट खाता र बैंक खाता आबद्ध गरी सेयर कारोबार गर्ने व्यवस्था मिलाउन बजार सञ्चालकको रुपमा रहेको नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिइएको हो ।
बोर्डका अनुसार धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउनुुपर्नेछ ।
नेप्से अनलाइन कारोबार प्रणालीले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा÷खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुनसक्ने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया