Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अकौलिया पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अकौलिया पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पञ्चम अकौलिया पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका १३ बस्ने धादिङ धुनिबेसी नगरपालिका ५ घर भएका ५१ वर्षीय अकौलियालाई सोमबार प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७५ असार २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका २३ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

अकौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्युरोले जनाएको छ । सीआईबीका अनुसार पक्राउ परेको अकौलियालाई बैैंकिङ कसुरसम्बन्धी मुुद्दामा १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया