काठमाडौँ ।
सेयरबजार परिसूचक खुम्चिएको छ । अघिल्लो दिन १२ अंकले उकालो लागेको बजार परिसूचक साताको अन्तिम कारोबार दिन ४४ दशमलव ९४ अंकले ओरालो लागेर २५ सय ५४ दशमलव १३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यो दिन आठ दशमलव ५३ अंकले ओरालो लागेर चार सय ६१ दशमलव ८१ अंकमा झरेको छ ।
यो दिन १२ वटा उपसमूहअन्तर्गत कुल दुई सय छवटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ८३ हजार चार सय सात पटकको कारोबारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये सबैको सूचक ओरालो लागेर बजार पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ३७ दशमलव ४९ अंकले ओरालो लागेर १८ सय ४६ दशमलव ८३ अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ४७ दशमलव ४९ अंकले ओरालो लागेर २६ सय ३९ दशमलव ४० अंकमा झरेको छ ।
जलविद्युत् उपसमूहको सूचक पनि २७ दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार सात दशमलव तीन अंकमा झरेकोमा लघुवित्त उपसमूहको सूचक पनि ६० दशमलव ४८ अंकले ओरालो लागेर चार हजार तीन सय ५९ दशमलव ५६ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ७६ दशमलव १८ अंकले ओरालो लागेर १२ हजार नौ सय ५२ दशमलव २८ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ९९ दशमलव ७८ अंकले ओरालो लागेर १७ हजार पाँच सय ९९ दशमलव २२ अंकमा झरेको छ ।
यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरु पनि क्रमशः ५५ दशमलव एक, १७ दशमलव ३६, २५ दशमलव ७२, ७२ दशमलव २७, ३६ दशमलव ७८ र शून्य दशमलव शून्य चार अंकले ओरालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले बढेर तीन सय ७७ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सात दशमलव ५३ प्रतिशतले बढेर एक सय ५७ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक मेरो माइक्रोफाइनान्स, ओरन्टल होटल समूह आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सनराइज फष्र्ट म्युचअल फण्डको प्रतियुनिट सेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेर १२ रुपैयाँ ९४ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव ५३ प्रतिशतले घटेर दुई सय २२ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको एकै दिन प्रतिकित्ता पाँच सय ४४ रुपैयाँ अन्तिम मूल्यमा ८९ करोड ४७ लाख ६४ हजार आठ सय ७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता १३ सय २२ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ५३ लाख ९६ हजार २५ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेशनल हाइड्रोपावर कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यस दिन कृषि विकास बैंक, मेगा बैंक, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया