बर्षको अन्तिम कारोवार सेयर बजारले कायम गर्यो ऐतिहासिक रेर्कड
२३ अंकले बजार उकालो लाग्दा सात अर्ब १४ करोडको सेयर खरिद बिक्री
काठमाडौं ।
बिसं २०७७ सालको अन्तिम कारोवार दिन अर्थात यही चैत ३१ गते आज मंगलबार सेयर बजार परिसुचकले एतिहाँसिक रेर्कड कायम गरेको छ । बजार परिसुचक २३ दसमलव २३ अंकले उकालो लागेर २७ सय १४ दसमलव ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ९९ अंकले उकालो लागेर चार सय ८६ दसमलव २८ अंकमा चढेको छ ।
आज धितोपत्र बजारमा १३ वटा उपसमुह अन्तर्गत दुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ७६ हजार ९४ पटकको कारोवारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन सात अर्ब १४ करोड ३१ लाख ५१ रुपैयाँको सेयर कारोवार भएका छन् ।
आज धितोपत्र बजारमा कारोवार भएका कुल उपसमुह मध्येमा सात वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, ट्रेडिङ र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेकाछन भने निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहको सुचकहरु भने ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया