करिब चार अर्ब संकलन गरेको क्यापिटल सहकारीका व्यवस्थापक सम्पर्कविहीन !
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक दिनेश पौडेल बचतकर्ताहरुको करोडौँ रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् ।
नेपालमा सञ्चालनमा आएका दर्जनौँ सहकारी संस्थाहरुका सञ्चालकहरु भाग्ने क्रम बढेकै समयमा क्यापिटल सहकारीमा प्रमुख व्यवस्थापक पौडेल समेत सम्पर्कविहीन बनेका हुन् ।
करिब ८० प्रतिशत औषधि व्यवसायीहरु सदस्य रहेको यस क्यापिटल सहकारीको आर्थिक दायरा झण्डै चार अर्ब रहेको बताइएको छ ।
नेपाल औषधि व्यवसायी संघका महासचिव समेत रहेका रामचन्द्र शर्मा अध्यक्ष, योगेश्वर सापकोटा उपाध्यक्ष, अच्युत बुढाथाकी सचिव र अशोक पाण्डे कोषाध्यक्ष रहेको यस सहकारीका प्रमुख व्यवस्थापक पौडेल सम्पर्कविहीन भएसँगै सहकारीले कोटा प्रणालीबाट भुक्तानी गर्दै आएको छ । बचतकर्ताहरुले आफूले भनेअनुसारको भुक्तानी नपाएको र सहकारीले आफ्नो अनुकूल हेरेर मात्र भुक्तानी दिइरहेकोले पीडितहरु ससंकित हुन थालेका छन् ।
सहकारीको गत साउन २८ गते बसेको सञ्चालक समितिले सेयर होल्डर र बचतकर्ताको भेला गरेर संस्थाको प्रमुख व्यवस्थापक बेपत्ता भएको र आवश्यकताभन्दा बढी बचत नझिक्न र संस्थाको कारोबार सुचारु राख्न अनुरोध गर्दै संस्थाको विषयमा यो वा त्यो चर्चा मिडियामा नगर्न भनेसँगै बचतकर्ताहरु थप आतंकित भएका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया