काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरि नगरपालिका–८ गौँथलीचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरिएको हो । पुरूषोत्तम बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार थिए । साथै नबिन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले पाँच दिन कैद, पाँच लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया