काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चार करोड ४९ लाख ७१ हजार नौ सय ६९ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुमा उक्त संख्यामा निक्षेप खाताहरु सञ्चालनमा रहेका हुन् ।
यसरी सञ्चालनमा रहेका कुल निक्षेप खातामध्ये वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेको निक्षेप खाताको संख्या भने तीन करोड ८८ लाख ९२ हजार पाँच सय ३२ छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या भने क्रमशः ५४ लाख ३६ हजार ३५ र छ लाख ४३ हजार चार सय दुई छ ।
राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या भने १८ लाख २९ हजार ४४ वटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या १४ लाख ९१ हजार सात सय ६७ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा क्रमशः दुई लाख ९५ हजार छ सय ९२ वटा र ४१ हजार पाँच सय ८५ वटा कर्जा खाताहरु सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ सम्ममा लघुवित्तबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार तीन सय ९४ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार नौ छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने क्रमशः एक हजार एक सय आठ र दुई सय ६७ छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको सञ्चालनमा रहेका कुल एटीएम काउन्टरको संख्या भने यस अवधिमा चार हजार छ सय दुईवटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको सबै क्षेत्रमा गरी चार हजार दुई सय ३५ वटा, विकास बैंकहरुको तीन सय २३ वटा र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय मर्जर तथा प्राप्तिकै कारण विकास बैंक र फाइनान्स कम्पनीहरु वाणिज्य बैंकहरुमा गाभिने क्रम बढेसँगै वाणिज्य बैंकहरुको कुल शाखा संख्या तथा एटीएम काउन्टरको संख्या बढ्दै गएको भए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुको शाखा तथा एटीएम काउन्टरको संख्या भने क्रमिकरुपमा घट्दै गइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया