काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्थानीय समुदायको आर्थिक विकासका लागि स्थानीय घरवास (होमस्टे) लाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय जीवनशैली, संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पु-याउने उनको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिम उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको विकास गर्न ग्रामीण क्षेत्रसँगै सहरी क्षेत्रमा समेत होमस्टे सञ्चालन गर्न सकिने बताए । स्थानीय समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले सहरी क्षेत्रमा समेत यसको सम्भावना रहेको उनको भनाइ छ । सहरी क्षेत्रमा रहेका घरहरुमा आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवाबापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने उनले बताए । पर्यटकीय सम्भावना भएका गाउँ–सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए । आफ्ना पाहुनालाई आतिथ्य गर्न घरघरमा रहेका खाली कोठालाई व्यवस्थापन गरी आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ ।
नागार्जुन नगरपालिकाको शरणपुर क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता महेश रिमालले नागार्जुन क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी गरिएको जानकारी दिँदै स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई प्राथमिकता दिएको बताए । शरणपुर नमूना बस्ती विकास समितिका अध्यक्ष तुलसी थापाले स्थानीय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउ पु-याउने बताए । तालिममा अतिथि सत्कार, बजारीकरण, व्यवस्थापन र खाना बनाउन सिकाउनुका साथै होमस्टे सञ्चालनसम्बन्धी कानुनी तथा अन्य व्यवस्थाहरुबारे प्रशिक्षकहरुले तालिम दिनेछन् । तालिममा ३५ जना स्थानीय बासिन्दा सहभागी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया