कास्की । एनएमबी बैंकको एटीएम मेसिन तोडफोड कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड वाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटीएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसैबीच, प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहतालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । मंगलबार दिउँसो प्रहरीले मेहतालाई पक्राउ गरेको जानकारी दिएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित फेला पारी पक्राउ गएिको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया