काठमाडौं । नेपालको भारत, चीन, बेलायतलगायतका तेस्रो मुलुकसँग रहेको व्यापारघाटामा कमी आएको छ । आयातमा भएको कमीसँगै नेपालले तेस्रो मुलुकसँगको व्यापार घाटा नौ दशमलव ४५ प्रतिशतले कमी आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम दुई महिनाको अवधिमा व्यापारघाटा नौ दशमलव ४५ प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले अन्य मुलुकसँग दुई खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।
यस्तै, नेपालबाट हुने निर्यातमा समेत ३४ दशमलव ८८ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको प्रथम दुई महिनाको अवधिमा २८ अर्ब ६८ करोड चार लाख रुपैयाँबराबरको सामग्री निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४४ अर्ब तीन करोड ९५ लाख रुपैयाँबराबरको सामग्री निर्यात गरिएको थियो । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट, अलैँची, चिया, औषधि (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामग्री हो । समीक्षा अवधिमा पाम तेल पाँच अर्ब ६९ करोड ४५ लाख रुपैयाँ, कार्पेट (गलैँचा) दुई अर्ब १० करोड २१ लाख रुपैयाँ, भटमास तेल एक अर्ब ९६ करोड ८६ लाख रुपैयाँ, चिया ९० करोड ६९ लाख रुपैयाँ र अलैँची ६८ करोड नौ लाख रुपैयाँको निर्यात गरिएको छ ।
यस्तै, चालू आर्थिक वर्षको प्रथम दुई महिनामा निर्यात मात्र नभई आयातमा समेत कमी आएको छ । दुई महिनाको अवधिमा १३ प्रतिशतले आयातमा कमी आएको हो । चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँबराबरको सामग्री आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँबराबरको सामग्री आयात भएको थियो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्स, एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुहरु प्रमुख आयात हुने सामग्रीहरु हुन् । समीक्षा अवधिमा डिजेल १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँ, पेट्रोल १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँ, खाना पकाउने ग्यास १० अर्ब ४२ करोड तीन लाख रुपैयाँ, भटमास नौ अर्ब आठ करोड ५४ लाख रुपैयाँ, कच्चा पाम छ अर्ब ६१ करोड ७० लाख रुपैयाँ, हवाइ इन्धन दुई अर्ब ८१ करोड रुपैयाँ, सूर्यमुखी दुई अर्ब ३३ लाख रुपैयाँ, फलाम तथा स्टिलका उत्पादन छ अर्ब १८ करोड एक लाख रुपैयाँ र विभिन्न खोप चार अर्ब २९ करोड रुपैयाँको आयात गरिएको छ ।
यस्तै, नेपालले एक सय १६ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ । तर ती मलुकहरुसँगको व्यापारमा नेपालले ९० प्रतिशतभन्दा बढी मुलुकहरुसँगको व्यापारमा घाटा व्यहोर्दै आएको पाउन सकिन्छ । नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, ओमाना, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, युक्तने, ब्राजिल, थाइल्याण्ड छन् । यस्तै नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरुमा अमेरिका, जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्यान्ड्स, क्याम्बोडिया प्रमुख रुपमा छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया