Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाबाट ५३ जनाको उम्मेदवारी

दोलखाबाट ५३ जनाको उम्मेदवारी


दोलखा । आगामी मंसिर–४ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि दोलखाबाट ५३ जना उम्मेदवारले मुख्य निर्वाचनको कार्यालय चरीकोटमा आइतबार मनोनयन दर्ता गराएका छन् ।

एकमात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने उम्मेदवारको संख्या २१ रहेकोे जिल्ला निर्वाचन कार्यालय दोलखाका सूचना अधिकृत विशाल केसीले जानकारी दिए । उनका अनुसार सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गरेका छन् । यस्तै मंगोल नेसनल अर्गनाइजेसनका कुमार तामाङ, नेकपा मालेका खिमबहादुर शिवकोटी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीका गोपालबहादुर शिवाकोटी, जनसमाजवादी पार्टी नेपालका जनार्दन पोखरेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका दावा शेर्पा, राप्रपा नेपालका नवराज श्रेष्ठ भन्ने मिनबहादुर श्रेष्ठ, नेपाली कांग्रेस वीपीका लोकबहादुर खड्का, राप्रपाका विजय खड्का, हाम्रो नेपाल पार्टीका विश्वनीति प्रकाशमान सिंह पाख्रिन र नागरिक उन्मुक्ति पार्टीका शुक्र तामाङले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जगदिश खरेल, जीवनाथ शिवाकोटी, टेकबहादुर खाती, ठाकुरबहादुर खाती, बद्री दाहाल, भवेन्द्र कार्की, रामबहादुर सुवेदी, वीरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ‘क’मा आठ जना र ‘ख’मा १३ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा ‘क’मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णगोविन्द लाखाजु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितबहादुर जिरेल, मंगोल नेसनल अर्गनाइजेसनका तोकबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् भने नेपाल आमा पार्टीका भीमसेन बजगाईँ, जनता समाजवादी पार्टी नेपालका मानबहादुर सुनुवार, राप्रपाबाट रामबहादुर तामाङ, नेकपा मालेबाट रोसनप्रसाद रिमाल, राप्रपा नेपालबाट संघर्ष थोकर र जनसमाजवादी पार्टी नेपालबाट सुरेश कार्कीले मनोनयन दर्ता गरेका छन् । यसैगरी स्वतन्त्रबाट आङ दोर्जे शेर्पा, टिकाबहादुर तामाङ, यज्ञराज न्यौपाने, रत्नबहादुर आपगाईँ, रमेशकुमार थोकर, रामजी तामाङ, शान्तबहादुर तामाङ र निमारेञ्जी शेर्पाले मनोनयन दर्ता गरेका छन् ।

यस्तै प्रदेशसभा ‘ख’मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बर्मा लामा र नेकपा एमालेका भरतबहादुर केसीले मनोनयन दर्ता गरेका छन् । नेपाल आमा पार्टीका अमृतबहादुर चौलागाईँ, मंगोल नेसनल अर्गनाइजेसनका खडकबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका तिर्थरत्न राजचल, राप्रपाबाट राजनबहादुर शिवाकोटी, जनता समाजवादी पार्टी नेपालका बिछिकुमार थामी, नेकपा मालेका शान्तकुमार खत्री र राप्रपा नेपालका शिवप्रसाद पकुवालले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेश सभा ‘ख’मा दावा तामाङ, नवराज खरेल, नेत्रबहादुर भुजेल, राधाकृष्ण थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र दुई प्रदेशसभामा गरी दोलखामा १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया