युनिक स्विटले न्यून राजस्व बुुझाएपछि भन्सार र राजस्वद्वारा छानबिन सुुरु
विराटनगर । लामो समयदेखि विराटनगरको मुख्य बजार जलजलाचोकमा सञ्चालन हुँदै आएको युनिक स्विट एन्ड स्नेकले राजस्व छली गर्नेगरेको पाइएको छ । स्विटले भारतीय बजारबाट आयात गर्ने विभिन्न खाद्यवस्तुदेखि मिठाइमा प्रयोग हुने सामग्री समेतमा राजस्व छली गर्नेगरेको पाइएको हो ।
स्रोतका अनुसार दशैँ र तिहारमा अत्यधिक माग हुने काजु, पिस्ता, बदाम, बेसन, मिठाइ तथा प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका डब्बा, बरक, नरिवलको भुसी, उडदको दाल र चनाको दाल आयात गर्दा युनिक स्विट एन्ड स्नेकले विराटनगर भन्सार नाका प्रयोग नगरी अवैध नाकाबाट ल्याउने गरेको छ ।
भारतको जोगबनी बजारमा रहेको आजाद ट्रान्सपोर्टसम्म भारतीय कम्पनीबाट सामान डेलिभरी गरिदिने र उक्त सामान युनिक स्विट एन्ड स्नेकको प्रतिनिधिका रूपमा कार्यरत अकबर अली र समसाद नाम गरेका व्यक्तिले अवैध नाका हुँदै विराटनगर बजारसम्म पुु¥याउने गरेको स्रोतले दाबी गरेको छ । युनिक स्विट एन्ड स्नेकका नाममा आयात भएको सामानबाट विराटनगर भन्सारमा न्युन भन्सार राजस्व दाखिला भएको देखिएपछि युनिक स्विट एन्ड स्नेकले अवैधरूपमा सामान आयात गरेको खुल्न पुगेको हो ।
युनिक स्विट एन्ड स्नेकले विराटनगर भन्सारमा न्यून राजस्व बुुझाएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले पनि भ्याट छली भए नभएको सम्बन्धमा अनुसन्धान थालेको बताइएको छ । विराटनगर महानगरमा रहेको चर्चित युनिक स्विट एन्ड स्नेकले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट स्वेता जैनको नाममा ३००२१२५५४ नम्बरमा भ्याट दर्ता गरेको देखिए पनि भ्याट बिल नकाटी कारोबार गरेको भन्ने जानकारी आएकोले कारबाही प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ । युनिक स्विटको दर्ता स्वेता जैनको नाममा गरिएको भए पनि मुख्य सञ्चालक चन्दन जैन रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले पटक–पटक युनिक स्विट एन्ड स्नेक्सलाई पाँच हजारभन्दा माथिको कारोबार गर्दा भ्याट बिल जारी गर्नुपर्ने निर्देशन दिँदा समेत सञ्चालक जैनले संक्षिप्त कर बिजक काटेर कारोबार गरेको स्रोतले दाबी गरेको छ । हरेक वर्ष नै उक्त युनिक स्विट एन्ड स्नेकलाई मिठाइमा मिसावट गरी बिक्री गर्नेगरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रत्येक वर्ष कारबाही समेत गर्नेगरेको छ ।
केही वर्षअगाडि मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले गरेको अनुगमनका क्रममा युनिक स्विट एन्ड स्नेक्सले बिक्रीका लागि राखिएका खाद्यान्नमा मिसाएको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा ‘ढाँटी झुक्याइएको’ मुद्दा हालेको थियो ।
तर तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको दबाबले त्यसबेला सामान्य कारबाही गरेर सञ्चालक जैनले उन्मुक्ति पाएका थिए । सञ्चालक जैनमाथि लागेका आरोपका बारेमा उनले सञ्चालन गर्दै आएको युनिक स्विट एन्ड स्नेकमा सम्पर्क गर्दा सञ्चालक जैन आफ्नो व्यावसायिक प्रतिष्ठानमा नभएको उनका कर्मचारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया