‘अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील’
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अटोमोबाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरुसँगको भेटमा उनले अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको एक प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको थियो । मन्त्री पौडेलले आफुले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेकोले यस क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार गम्भीर रहेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरे । अटोमोबाइल्स व्यवसायीहरुले विभिन्न माग राखि सरकारविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन् । अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थिति सृजना भएको बताए । कोभिडको विकट स्थितिमा पनि अटोमोबाइल व्यवसायीहरुले जसोतसो व्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण अटोमोबाइल व्यवसायलाई झनै कठिन अवस्थामा पुगेको उनको भनाई छ । हाल व्यवसायीहरु आफ्नो व्यवसायबाट नै पलायन भइरहेकोले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरिदिन समेत उनले आग्रह गरे ।
साथै उनले बढदो ब्याजदर तथा प्रिमियमदरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न सुझाव दिए । साथै सवारीसाधनहरु आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात् ७५ प्रतिशत नै कायम गर्ने, बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालू रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत कायम गर्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा भएका कतिपय बुँदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठिन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि पनि उनले विशेष आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया