मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएको गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ । प्रदेश १ को राजधानी विराटनगरसँगै जोडिएको गा्रमथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरमा लामो समयदेखि दैनिकरूपमा जुवा सञ्चालन हुने र त्यहाँ करोडौँको खेल हुनेगरेको पाइएको हो ।
जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा समेत स्थानीय प्रहरी मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक किमिको फरकमा हुुँदा समेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । केही महिना अगाडि उक्त जुवा खालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । तर पनि प्रहरीले सेटिङमा कुनै कारबाही नै नगरी उनीहरूलाई छोडेको स्थानीयको भनाइ छ । उक्त घटनापछि जुवा खेलले झनै ब्यापक रूप लिएको स्थानीयको गुनासो छ । महानगरभन्दा करिब १० किमि फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुुँदा खेलाडीहरूका लागि पनि सुरक्षित स्थान बन्न थालेको छ ।
समाचारस्रोतका अनुसार सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको गा्रमथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले जुवाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् । उक्त जुवा लामो समयदेखि सञ्चालन हुुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको छ । सोही जुवा सञ्चालन हुने स्थानमै गा्रमथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निजी आवास समेत भएका कारण गाउँपालिका अध्यक्ष समेतको जुवा सञ्चालनमा मौन समर्थन रहेको स्रोतको दाबी छ । यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको बताउन थालिएको छ ।
इलाका प्रहरी कार्यालय बेलवारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ । प्रहरी चेनअफ कमान्डमा सञ्चालन हुने भएका कारण सबै घटनाको जानकार हुुँदा पनि प्रहरी मुकदर्शक भएर बसेपछि यो अवैध जुवाले व्यापक जरो गाडेको दाबी स्रोतले गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया