Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंघीय सरकारले उपनिर्वाचनपछि पूर्णता पाउँछ : उपप्रधानमन्त्री

संघीय सरकारले उपनिर्वाचनपछि पूर्णता पाउँछ : उपप्रधानमन्त्री


वीरेन्द्रनगर । वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

खड्काले शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, “यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।”

आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने उनले बताए । “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौं”, खड्काले भने । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै उनले अब यी प्रदेश बजेटको प्राथमितामा पारिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया