Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो

भारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो


काठमाडौं,भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ ।काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाजमा चरा ठोकिएको आशङ्का गरिएको छ । “जहाज विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको भन्ने आशङ्कामा काठमाडौँ ‘डाइभर्ट’ भएको छ, ‘सस्पेक्टेट बर्ड हिट’ भनिएको छ, अहिले प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेका छन्”, प्रवक्ता सिटौलाले भने ।
जहाज दिउँसो १ बजेर ४५ मिनेटमा बैंगलुरुका लागि उडेको थियो । विमानस्थलबाट ४० माइल पुगेर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) ‘एप्रोच’ लिएर जहाज  दिउँसो २ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत गन्तव्य लैजाने तयारी भइरहेको पनि विमानस्थलले जनाएको छ ।रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया