Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिर्सोटमा छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिर्सोटमा छुट


काठमाडौं ।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएपछि ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरी पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ६० वटा शाखाहरू एक सय ४८ शाखारहित बैकिङ सेवा तथा पाँच शाखारहित बैंकिङ समेत गरी जम्मा तीन सय १३ स्थानबाट ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर एक सय ९८वटा एटीएमहरू सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया