Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइराकमा सरकारविरोधी प्रदर्शन : चार महिनामा ५ सय ३६ जना मारिए

इराकमा सरकारविरोधी प्रदर्शन : चार महिनामा ५ सय ३६ जना मारिए


बग्दाद, माघ २१
इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकारविरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५ सय ३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् । मृत्यु भएकाहरुमा ५ सय १९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५ सय १९ जना सुरक्षाकर्मी रहेका छन् ।

आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७ सय १३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताए । पक्राउ परेकामध्ये हाल ३ सय २८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ । सरकारको विरोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया