Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा महामारीको रूप लिँदै लम्पी स्किन रोग

दोलखामा महामारीको रूप लिँदै लम्पी स्किन रोग


दोलखा । पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोगले दोलखामा पनि महामारीको रूप लिएको छ । मुख्यगरी गाईभैँसी र गोरुमा लाग्ने रोगबाट छोटो समयमै सयौँ पशु संक्रमित भएको पाइएको हो ।

रोपाइँको समयमा धमाधम गोरुमा रोगको संक्रमण फैलिएर बिरामी परेपछि दोलखा किसानलाई रोपाइँमा समस्या भएको छ । गत जेठदेखि फैलिएको रोगका कारण दोलखा सयौं गाईभैँसी तथा गोरु बिरामी परेको जिल्ला भेटेनरी अस्पताल दोलखाले जनाएको छ । पशुहरूमा संक्रमण भएपछि लामो समयसम्म निको नहुने लम्पी स्किन रोगको कारण जिल्लामा पछिल्लो एक महिनाको अवधिमा दर्जनौं गाईभैँसी र गोरु मरेको पाइएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका तीन वटा वडामा दुई साताको अवधिमा आठ वटा पशु मरेको बैतेश्वर गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख शान्तिप्रसाद दाहालले बताए । एक महिनाको अवधिमा बैतेश्वरमा मात्रै १५ सय वटा गाईभैँसी र गोरुमा लम्पी स्किन देखिएको उनले जानकारी दिए ।

रोग संक्रमण भएपछि पशुहरूको शरीरमा फोका उठ्ने, १०४ डिग्रीसम्म ज्वरो आउने जोर्नी सुनिने, गर्भ तुइने तथा जटिल समस्या भएपछि पशु मर्न थाल्ने उनले बताए । संक्रमण फैलिँदै गएपछि बैतेश्वरले पशु प्राविधिक फिल्डमै पठाएर औषधि वितरण तथा भ्याक्सिन दिन थालेको छ । नेपालमा उक्त रोगको भ्याक्सिन उपलब्ध नहुने हुँदा विदेशमै बनेको भ्याक्सिन लगाउन थालिएको पशु प्राविधिक दाहालले बताए । बैतेश्वरले तत्काल रोग नियन्त्रण गर्न तथा औषधि वितरण र पशुलाई खोप लगाउन दुई लाख रुपैयाँ छुट्याइएको छ । यसअघि लम्पी स्किन संक्रमण भएका नौ सय वटा पशुको उपचार गरेको बैतेश्वर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया