Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधादिङमा प्रहरी ज्याददीको एउटा नमुना

धादिङमा प्रहरी ज्याददीको एउटा नमुना


धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ९ बस्ने म हरिशरण नेपाललाई मिति २०८० असोज १ आफ्नै घर नजिकै बाख्रा चराईरहेको स्थानबाट सादा पोशाकमा गएका प्रहरीले नियन्त्रणमा लिई थुनामा राखेर मेरो चरित्र हत्या हुने गरी विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

असोज १ गते म घर नजिकै बाख्रा चराईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली गई केही बिषयमा बुझ्नु छ भनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंकिङ कसुरको मुद्दाको कारण देखाइ अदालत पेश गरी प्रहरीले एक पक्षिय रुपमा मेरो तस्बिर समेत खिचाई नीलकण्ठ न.पा. ३ पुछारवजारबाट पक्राउ परेको फरार अभियुक्त भनि झुटो बिबरण राखी प्रहरीको फेसबुक वालबाट प्रचार प्रसार गरेको र जिल्लाबाट संचालित विभिन्न सञ्चार माध्यमले प्रहरीको सोही झुठो सूचनालाई समाचार बनाई मेरो चरित्र हत्या गराउने काम भएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बिषयमा सत्य तथ्य खोज्ने तर्फ नलागी प्रहरीले जर्वजस्त पक्राउ गरी जिल्ला अदालत पेश गरेको र जिल्ला अदालत धादिङले २०८०/६/१ गते चलानी नम्बर ०८०–४६–०००००१ को पत्र लेखी मिति २०९०/६/७ सम्म थुनामा राख्न भनि लेखी पठाएको र सो पत्र बुझेपछि मलाई पक्राउ गर्ने मध्येका सादा पोशाकको एक प्रहरीले केही पैसा दिए कारागार नपठाउने र छोडिदिने भन्दै रकम माग्ने काम गरेका थिए । मैले एक रुपैयाँ पनि रकम नतिर्ने र मलाई लगाएको आरोप मिथ्या भएको दावी गरेपछि प्रहरीले सोही दिन जिल्ला कारागार पठाएका हुन ।

सर्वोच्च अदालतमा चलिरहेको मुद्धाको किनारा नलाग्दै र सर्वोच्चले थुनामा राख्नु नपर्ने उत्प्रेषण आदेश दिएकोमा जिल्ला अदालत र जिल्ला प्रहरीले सर्वोच्चको आदेशको मानहानी गरी मलाई पक्राउ गरेर मेरो वेइज्जत गर्र्नेे, मानसिक तनाव दिने, सामाजिक रुपमा चरित्र हत्या गर्ने काम भएको छ ।

यसै गरी जिल्लाका केही सञ्चार माध्यम जो प्रहरी कार्यालयले फेसबुकमा पोष्ट गरेको सामाग्रीलाई सत्य तथ्य नबुझी, प्रहरीको एकपक्षिय भर परेर मेरो चरित्रहत्या गर्ने उद्धेश्यले समाचार प्रकाशन, प्रशारण गरेकोमा मेरो गम्भिर आपत्ति छ । प्रहरीको श्रोत उल्लेख गरी प्रकाशन, प्रशारण गरिएको उक्त समाचार झुठो र भ्रामक भएकोमा सम्वन्धित मिडियाले क्षमा माग्दै तत्काल खण्डन प्रकाशित गर्नुहुन सम्वन्धित मिडियालाई अनुरोध गर्दछु ।

उच्च अदालत पाटन ललितपुरको मिति २०७९ असार १४ र २०७९ माघ २६ को फैसला विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरी नियमित तारिख लिइरहेको छु । मुद्दा नं ०८०– Wo – ०२१६ सर्वोच्च अदालतमा विचाराधीन छ । मलाई सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा ठहरेको कैद जरिवाना बापत अदालतमा जायजेथा जमानत राखी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा १३७ बमोजिमको सुविधा प्राप्त गरी थुनामा बस्नु नपर्ने उत्पे्रषण आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको सोही आदेशको बर्खिलाप हुने गरी जिल्ला प्रहरी कार्यालय र अदालतका स्रेष्तेदार तथा सादा पोशाकका प्रहरीले आर्थिक प्रलोभनमा परि सर्वोच्चको उत्प्रेषण आदेश लुकाई उच्च अदालतको आदेश देखाई मलाई सुनियोजित तरिकाले फसाउन खोजेको र थुनामा समेत पठाएकोमा सर्वोच्चको उत्प्रेषण पत्रको सक्कल प्रति पेश गरेपछि जिल्ला अदालतले २०८० असोज ४ गते जिल्ला कारागारबाट रिहा गर्न वाध्य भएको छ ।

म अहिले थुनामुक्त भईसकेको छु । विनाकारण गैर कानूनी ढंगबाट थुनामा राखेको र मेरो चरित्र हत्या गरि सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित भएको समाचारले म र मेरो परिवार माथि पारेको मानसिक तनावका विरुद्ध आवश्यक कानुनी उपचार खोज्न मलाई वाध्य नपारियोस भन्न चाहन्छु ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया