Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबूढानीलकण्ठ स्कुलद्वारा टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान

बूढानीलकण्ठ स्कुलद्वारा टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान


काठमाडौं, वैशाख २५
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजलाई सदुपयोग गर्दै बूढानीलकण्ठ स्कुलले विद्यार्थीहरुलाई ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ ।

विद्यालयले ७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको छ । विद्यालयले अहिले दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेतलाई टेलिकमको ई–शिक्षा प्याकेज दिएर अनलाइन कक्षा सञ्चालन गरेको जनाएको छ । बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्य भन्छन्, ‘नेपाल टेलिकमको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’

कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको पनि उनले बताए । उनी भन्छन्, ‘सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौंबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’

स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ । नेपाल टेलिकमले विशेष ई–शिक्षा प्याकेजअन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी र पाँच सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपर्युक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउनेछ ।

कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना ईडीयूप्याक एडदरेट एनटिसि डट नेट डट एनपीमा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनुपर्नेछ । सिफारिस प्राप्त भएका नम्बरहरुलाई स्टार१४४१ह्याक्स डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट स्टार१४४१ह्याक्स डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी)मार्फत प्रयोग गर्न सकिनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x