Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदोलखामा एक सय १७ योजनाको निर्माण सम्पन्न

दोलखामा एक सय १७ योजनाको निर्माण सम्पन्न


दोलखा । बागमती प्रदेश सरकारको लगानीमा दोलखामा सञ्चालित एक सय १७ वटा योजनाको निर्माण कार्य सम्पन्न भएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/८० का बहुवर्षीय आठ योजनासहित यहाँ सञ्चालित एक सय ४० योजनाहरूमध्ये सडक एक सय १५ र सडक पुल दुईवटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सब–इन्जिनियर राकेश रिमालले जानकारी दिए ।

उनका अनुसार प्रदेश अनुदानअन्तर्गत सडक नयाँ ट्याक ४५ दशमलव तीन किलोमिटर, तीन सय ५५ किलोमिटर मर्मत, सबबेसस्तरको स्तरोन्नति ५० किलोमिटर, नियमित मर्मत सम्भार एक सय ८६ किलोमिटर, कालोपत्रे २६ दशमलव पाँच किलोमिटर, ढलान ११ किलोमिटर र दुई वटा सडक पुल निर्माण भएका हुन् । कुल लगानी एक अर्ब ९१ करोड चार लाख रुपैयाँ रहेकोमा सडक पुलको लगानी ९७ करोड ६० लाख रुपैयाँमध्ये ७४ करोड चार लाख ३५ हजार खर्च भएको छ । यस्तै, प्रदेशले सडक विकासतर्फ विनियोजन गरेको ४७ करोड ८८ लाख रुपैयाँमध्ये ३१ करोड ९५ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी संघतर्फको सशर्तअनुदानको चार करोडमध्ये एक करोड चार लाख ९२ हजार, संघतर्फकै समपूरक अनुदानअन्तर्गतको २४ करोडमध्ये पाँच करोड ९३ लाख आठ हजार र स्थानीय तथा सहरी विकासको २३ करोड ५० लाखमध्ये २१ करोड ७४ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सबइन्जिनियर रिमालले जानकारी दिए । चालू आ.व.मा प्रदेशअन्तर्गत परेका योजनाको पनि सम्झौता भइरहेको उनले बताए । गत आवका बहुवर्षीय योजनाको काम पनि जारी रहेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया