Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमल्लेसी पहिरोपीडितलाई राहत वितरण

मल्लेसी पहिरोपीडितलाई राहत वितरण


आशिष बहादुर सिंह
बझाड., असार २८
ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिमेली नेपाली समाजले मल्लेसी गाउँका पहिरोपीडितलाई राहत वितरण गरेको छ । असार १९ गते राती आएको अविरल बर्षाका कारण केदारस्यु गाउँपालिका वडा न ८ मल्लेसी गाउँका १९ परिवारका घरविहीन भई सात जनाको ज्यान गएको थियो ।

ह्युमानिटी फाउन्डेसन नेपाल बझाङका सदस्य बसन्त प्रताप सिंहको पहलमा अमेरिकामा बस्दै आएका नेपालीले मल्लेसी गाउँका पहिरोपीडितलाई राहत उपलब्ध गराएका हुन् । २२ परिवारलाई खाद्यान्न, साबुनलगायतका सामान वितरण गरिएको हो । संस्थाले प्रत्येक परिवारलाई १ क्विन्टल चामल, ५ किलो दाल, ३ लिटर तेल, ३ किलो नुन, कपडा धुने तथा नुहाउने साबुन वितरण गरेको छ । त्यस्तै सुदूरपश्चिमेली नेपाली समाजले पनि प्रत्येक परिवारलाई ५० किलो चामल, दुई जोर कपडा, खाना पकाउने भाडाकुडा, नुन, तेललगायतका राहत सामग्री वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष इन्द्र भन्डारी, उपाअध्यक्ष निशा धामी, वडा अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पिडीतका परिवारलाई सुदुरश्चिमेली नेपाली समाजका चेतन थापा र ज्ञानेन्द्र सिंहले राहत हस्तान्तरण गरेका हुन् । यस्तै सुदूरपश्चिमेली नेपाली समाजले सुदूरपश्चिमका जनताको दुःख पीडामा सधैँसाथ दिँदै आइरहेको जानकारी दिए अझै १ लाख नगद गाउँपालिकाको जिम्मा लगाउने थापाले बताए । तत्काल खानलाई राहत उपलब्ध भएकोले अब स्थानीय, प्रदेश र केन्द्र सरकारले बस्ने व्यवस्था गरिदिनुपर्ने पीडितको माग छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया